बुटवल उपमहानगरपालिका मातहतका करदाताकोरूपमा दर्ता भएको सेवाग्राहीले इन्टरनेटको
पहूँच मार्फत आफ्नो आधिकारिक Username र Password
प्रयोग
गरी संसारको कुनै पनि स्थानबाट आफ्नो व्यक्तिगत विवरण, सम्पत्ति
विवरण, व्यवसाय सम्वन्धी विवरण, बहालको विवरण, कर
तिर्नुपर्ने विवरण तथा कर तिरेको विवरण लगायतको विवरण हेर्न तथा करको भुक्तानी
प्रकृया अनलाईन मार्फत सम्पादन गर्न सक्ने गरी तयार गरिएको अनलाईन प्रणाली हो ।
सबैभन्दा पहिले तपाई बुटवल उपमहानगरपालिकामा करदाताकोरूपमा दर्ता भएको हुनुपर्नेछ ।
करदाताको रूपमा दर्ता हुँदाको बखत करदाताले अनिवार्यरूपमा आफ्नो मोबाईल नम्बर र
इमेल ठेगाना समेत उपलब्ध गराएको हुनुपर्नेछ । नगरपालिकाले उपलब्ध गराएको करदाता
संकेतको आधारमा तपाईलाई आफ्नो प्रयोगकर्ता Register गर्न सक्नुहुनेछ
। एसएमएस तथा इमेलको Verification पश्चात उक्त username
र
password प्रयोग गरी संसारको कुनै पनि स्थानबाट तपाईले आफ्नो व्यक्तिगत
विवरण, सम्पत्ति विवरण, व्यवसाय सम्वन्धी
विवरण, बहालको विवरण, कर तिर्नुपर्ने
विवरण तथा कर तिरेको विवरण लगायतको विवरण हेर्न सक्नुहुनेछ ।
उक्त कार्यको लागि तपाईले बुटवल उपमहानगरपालिकाको करदाता पोर्टलमा दर्ता भएको हुनुपर्नेछ, साथै
भुक्तानी सेवा प्रदायकसँग समेत आवद्ध भएको हुनुपर्नेछ ।
हो, करदाता पोर्टलमा
प्रयोगकर्ता बनाउने तथा भुक्तानी प्रकृया लगायतको कार्य सम्पन्न गर्नको लागि समेत
इमेल र एसएमएस मार्फत प्रकृया प्रमाणीकरण गर्नुपर्ने हुँदा इमेल र मोबाईल राख्नु
अनिवार्य छ ।
उक्त विवरण अद्यावधिक गर्नको लागि तपाईले बुटवल उपमहानगरपालिका कार्यालय या मातहतका वडा कार्यालयहरूमा सम्पर्क राखी आफ्नो विवरण अद्यावधिक गराउन सक्नु हुनेछ ।उक्त विवरण अद्यावधिक गर्नको लागि तपाईले बुटवल उपमहानगरपालिका कार्यालय या मातहतका वडा कार्यालयहरूमा सम्पर्क राखी आफ्नो विवरण अद्यावधिक गराउन सक्नु हुनेछ । उक्त कार्यको लागि https://eservice.butwalmun.gov.np/update लिङ्कमा गई आवश्यक विवरण भरेर समेत विवरण अद्यावधिक गर्ने प्रयोजनका लागि अनुरोध गर्न सकिनेछ ।
उक्त विवरण अद्यावधिक गर्नको लागि
तपाईले बुटवल उपमहानगरपालिका कार्यालय या मातहतका वडा कार्यालयहरूमा
सम्पर्क राखी आफ्नो विवरण अद्यावधिक गराउन सक्नु हुनेछ ।
username र password
बिर्सिएको
खण्डमा करदाता पोर्टलको पासवर्ड बिर्सिनुभयो भन्ने बटनबाट
प्रकृया गरेर अथवा बुटवल उपमहानगरपालिकाको कार्यालय वा वडा कार्यालयमा सम्पर्क
गरेर नयाँ password लिन सकिने छ।
संसारको कुनै पनि कुनाबाट username
र
password प्रयोग गर्न सकिनेछ।
Internet बाट हेर्न मिल्ने
विवरण करदाताको बुटवल उपमहानगरपालिकामा भएको विवरणमा आधारित हुने हुँदा यो
विश्वसनीय नै हुन्छ।
अवश्य पनि सकिन्छ। यसको लागि तपाईले बुटवल उपमहानगरपालिका या वडा कार्यालयमा आवश्यक कागजात समेत संलग्न राखी
निवेदन गर्नुपर्नेछ। उक्त निवेदन तथा संलग्न कागजातको आधारमा विवरण सच्याउने पुर्ण
अधिकार बुटवल उपमहानगरपालिका या वडा कार्यालयसँग निहित रहने छ। सच्याउने आधार
तपाईंको संलग्न गर्नु भएको कागजात प्रमाण नै हुनेछ।